सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार मध्यान्ह एक बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका सवालहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

Share News