दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने

काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

Share News