हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ।

भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News