काठमाडौं । एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को नगद लाभांश दिने घोषणा गरेको हो ।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टीका इकाईधनीलाई करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ का इकाइधनीलाई १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश वितरण प्रयोजनार्थ दु्इवटै फण्डको भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
साथै, कम्पनीले एनएमबि हाइब्रिड फण्ड एल-२का लागि लाभांश वितरण नगर्ने जनाएको छ ।