‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं । सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरूको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत एफपीसीएलाई आर्थिक सहयोग गरेको हो । 

वार्षिकरूपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोषविक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरे । 

एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । 

उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरूलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए । 

चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन्।

विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ । 

संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजनाअनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ ।

सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जीएसए  प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ । 

Share News