काठमाडौं । एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १ हजार ५०० छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्ने जनाइएको छ ।
यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।