काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध अदालतले थप ५ दिनको म्याद दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार चन्द्रागिरीबाट पक्राउ गरेको गोर्खालीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद अनुमति दिएको हो ।
प्रहरीका अनुसार गोर्खालीले १० करोड रुपैयाँको लेनदेन कुन प्रयोजनका लागि गरेका हुन् भन्ने विषयसमेत हाल अनुसन्धानको दायरामा छ ।