काठमाडौं । सिटिजन्स क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।
सिटिजन्स क्यापिटलले दुई म्युचुअल फण्डहरु म्युचुअल फण्ड २ र सुपर ३० म्युचुअल फण्डबाट ईकाइधनि ८.२५ प्रतिशत र १२.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले दुई म्युचुअल फण्डबाट ईकाइधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैंठकले सिटिजन्स म्युचुअल फण्ड २ बाट कर सहित ८.२५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित नै १२.७५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन् । जस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।