काठमाडौं । नवगठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसकेन्द्रित दलका नेताको दोहोरो चरित्रले मधेस आन्दोलन ओरालो लागेको बताएका छन् ।
सोही आन्दोलनलाई प्रभावकारी बनाउन आफूले सद्भावना पार्टी पुनर्गठन गरेको दावी झाको छ ।
आफू र आफ्नो दल पटक–पटक जनताबाट टेष्टेड हुन चाहेको झाले बताए ।
उनले पाँच–पाँच वर्षमा जनताको परीक्षामा परीक्षीत हुनु नै लोकतन्त्रको असली सुन्दरता रहेको बताए ।
अन्य मधेशी नेतालेजस्तो काठमाडौंमा आएर पहाडिया नेतासँग घाँटी जोड्ने अनि मधेश झरेपछि तिनको खैरो खन्ने दोहोरो चरित्र आफूले प्रदर्शन नगर्ने पनि झाले बताए ।