नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । 

सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

पौडेललाई आजैबाट लागू हुने गरी नियुक्त गरिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा पौडेलको लामो अनुभव रहेको छ ।

Share News