काठमाडौं । सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको सर्वाधिक लोकप्रिय उत्पादन मध्य गज्जबको पिरो चाउचाउ एक हो । उपभोक्ताहरूबीच अत्याधिक रुचाइएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ ।
हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ ।
यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् ।
यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने दाबी कम्पनीको छ ।