जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व योजना, जापान भ्रमणदेखि हजारौँ ग्राहकलाई उपहार

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्वको अवसर पारेर यस वर्ष पनि 'चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' ग्राहक उपहार योजना सञ्चालनमा ल्याएको छ ।

भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकहरूले नजिकैको डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिद गर्दा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्रमार्फत १,०८२ जना ग्राहकहरू विभिन्न उपहारका विजेता बन्नेछन् । जसमा १ जनाले जापान भ्रमण, ७५ जनाले डिनर सेट, १०५ जनाले इलेक्ट्रिक हिटर, १५१ जनाले आयरन र ७५० जनाले भित्ते घडी जित्ने अवसर पाउनेछन् । विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ ।

३१ वर्षदेखि 'नेपाली मनको रङ' भन्ने स्लोगनसहित गुणस्तरीय रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत हुँदै आएको छ । कम्पनीले चाडपर्व लक्षित यो अभियान ग्राहकहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गरेको छ ।

Share News