२७ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २७६१ बिन्दुमा पुगेको छ ।

आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँको कारोबार भएको छ ।

साथै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड, नेपाल रिपब्लीक मिडियाको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड र शिवम् सिमेन्टको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

Share News