काठमाडौं । प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले प्रभु म्युचुअल फण्ड अन्तर्गतका २ वटा फण्डको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रभु सेलेक्ट फण्डका इकाईधनीलाई करसहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।