आरविवि मर्चेन्टका २ म्युचुअल फण्डको लाभांश घोषणा, ३६ करोड रुपैयाँ नगद

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आरविवि म्युचुअल फण्ड १ का इकाईधनीलाई करसहित २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीलाई १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ गरी कुल ३५ करोड ९९ लाख ९५ लाख ५०७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि भदौ ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा अघिल्लो दिनसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछ ।

Share News