यी हुन् बढी लाभांश दिन सक्ने विकास बैंक, २२ प्रतिशत बढ्यो नाफा

काठमाडौं । विकास बैंकहरुले गत वर्ष २२ प्रतिशत नाफा बढाएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशत बढेर ५ अर्ब ९२ करोड ४८ लाख ६ हजार रुपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए । 

समीक्षा वर्षमा विभिन्न ८ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ । साथै विभिन्न २ बैंकको नाफा ऋणात्मक रहेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ भने वृद्धिदरमा सिन्धु विकास बैंक अगाडि छ । 

मुक्तिानाथ विकास बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन विकास बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, गरिमा विकास बैंकको २०१.९६ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

सिन्धु विकास बैंकको २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ७९.५१ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको ९.१८ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 
null

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५० प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको १.२५ प्रतिशत बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा गरेका छन् । 

एक्सेल डेभलपमेन्ट बैंकको ५.९६ प्रतिशत घटेर ४ करोड ९ लाख १ हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ३०.१२ प्रतिशत घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ, ज्योति विकास बैंकको ९२.७४ प्रतिशत घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् । 

गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख ८५ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् । 

खराब कर्जाको भारी 

गत वर्ष विकास बैंकहरु खराब कर्जाको भारी थिचिएका छन् । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत विन्दुमा रहेको खराब कर्जा गत वर्ष ८.१४ प्रतिशत ८.४१ प्रतिशत पुगेको छ । गत वर्ष अधिकांश बैंकको खराब कर्जा बढेको देखिन्छ । 
null

समीक्षा वर्षमा नारायणी डभेलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रपतशत विन्दुमा पुगेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत विन्दु, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत विन्दु, सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत ५.६४ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ ।

महालक्ष्मी विकास बैंकको १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत विन्दु, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत विन्दु, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत विन्दु, कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दु, मुक्तिनाथ विकास बैंकको १६.०३ प्रतिशत बढेर २.७५ प्रतिशत विन्दु खराब कर्जा रहेको छ । 

गत वर्ष विभिन्न ३ बैंकले खराब कर्जा घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंकको ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत विन्दु, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत विन्दु र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत विन्दुमा कायम राखेका छन् । 

लाभांश क्षमतामा अब्बल
null
विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ । 

यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ । 

ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।

Share News