काठमाडौं । हिमालयन डिष्टिलरीको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १६१.१३ प्रतिशत बढेर ९५ करोड ३२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३६ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड ११ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब १५ करोड ५२ लाख ३६ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
गत वर्ष कम्पनीको कुल नाफा ७७.२८ प्रतिशत बढेर २ अर्ब १६ करोड ८६ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा १६६.७८ प्रतिशत बढेर १ अर्ब २८ करोड ९१ लाख ६६ हजार रुपैयाँ गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ र अन्य इक्विटी ६१.३२ प्रतिशत बढेर १ अर्ब १० करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँ बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ ।