काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २७८५ बिन्दुमा झरेको छ ।
आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, युनाइटेड मोदी हाइड्रोको २७ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र नेपाल रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रहेको छ । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।