२६ अंकले घट्यो नेप्से, सीटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २७९६ बिन्दुमा झरेको छ । 

आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ ।

मंगलबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, लुम्बिनी बिकास बैंकको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, बुटवल पावर कम्पनीको १९ करोड र शिवम् सिमेन्टको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.९४, विकास बैंक ०.७६, वित्त १.५३, जलविद्युत् १.२६, लगानी ०.६६, जीवन बीमा १.०६ र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ । लघुवित्त १.४९, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.८१, व्यापार ०.८६ र अन्य समूह ०.६२ प्रतिशतले घटेको छ ।

आज सीटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Share News