काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा मंगलबार केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ रुपैयाँ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।