काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सोमबार सफलतापूर्वक सम्पन्न भएको छ ।
साउन २१ गते सुरु भएको एक्स्पो प्रारम्भिक तालिकाअनुसार साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर, अवलोकनकर्ताको अत्यधिक उत्साहका कारण एक दिन थप गरिएको नाइमाले जनाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन २१ गते एक्स्पोको उद्घाटन गरेका थिए । ५० अटोमोबाइल ब्राण्डको सहभागिता रहेको एक्स्पोलाई १ लाख १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
गाडी अवलोकन, नयाँ मोडलबारे जानकारी, सोधपुछ, बुकिङ र खरिदमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको नाइमाले जनाएको छ ।
एक्स्पोसम्बन्धी विस्तृत विवरण आगामी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ ।
तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज















