मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढ्यो, नाफा साढे ३१ करोड रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३९.९६ प्रतिशत बढेर ३१ करोड ४३ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष फाइनान्सले २२ करोड ४६ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

फाइनान्सको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.७७ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा बढेको देखिन्छ । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढेर ३५ करोड ४४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १७ करोड ४९ लाख २५ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो । 

गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

गत वर्ष कम्पनीले ११ करोड २१ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, १ अर्ब १ करोड २४ लाख ६८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५१ करोड ७९ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

१ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडामा ७३ करोड ८२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म फाइनान्सले २१ अर्ब ८७ करोड ४४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९० करोड ९१ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६.६२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको फाइनान्सको गत वर्ष बढेर २३.२६ रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८०.८५ रुपैयाँ छ । 

Share News