काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १०.०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशत घटेर २० करोड ४३ लाख २४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २५ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असारसम्ममा बैंकले ३ करोड २६ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ३० करोड ९५ लाख ४१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १८ करोड ६२ लाख ८८ हजार रुपैयाा सञ्चालन नाफा गरेको छ ।
बैंकको वितरणयोग्य नाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १५ करोड ५७ लाख ३९ हजार रुपैयाँ थियो ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३४ करोड ४२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८६ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १०.७१ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.२३ गुणा छ ।
समीक्षा वर्षमा बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.२८ प्रतिशतमा झारेको छ । यस्तै, बैंकको रिटर्न अन इक्विटी ७.८८ प्रतिशत रहेको छ ।