नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नबिल फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । 

उक्त म्युचुअल फण्डको कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग हो । लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

Share News