काठमाडौं । सिटिजन्स सेयर ब्रोकर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १५.७९ प्रतिशतका दरले ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १३ गते बिहान ८ बजे प्रधान कार्यालय कुपण्डोल ललितपुरमा तेस्रो वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको नियमावली अनुसार सञ्चालक नियुक्त अनुमोदन गर्ने र प्रबन्ध पत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ ।