सेयर बजारमा ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले बढेर २८३३ बिन्दुमा झरेको छ ।

आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार ३२० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ ।

साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र बलेफी हाइड्रोको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News