काठमाडौं । हाइलाइफ फूड्सले भारतको नम्बर वान ब्राण्ड बासमती चामल नेपाल भित्र्याएको छ । भारतको लालकिल्लाब्राण्डको बासमती चामललाई नेपालमा हाइलाइफले आफ्नो ब्राण्डिङमा बिक्री वितरण गर्ने भएको हो।
बुधबार बुढानिलकण्ठस्थित लेमोन ट्री हाटेलमा आयोजना गरिएको कार्यक्रमममा व्यवसायी मीन बहादुर गुरुङको आथित्यतामा उक्त चामलको सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आम उपभोक्तासम्म पुग्न उत्कृष्ट उत्पादन बासमती चामल ल्याएको जानकारी दिए । बासमती चामलका लागि भारतको उत्कृष्ट कम्पनी लालकिल्लासँग सहकार्य गरेको उनले बताए ।
‘लालकिल्लाभारतको उत्कृष्ट ब्राण्ड हो । लालकिल्लाब्राण्डको बासमति चामल नेपाली उपभोक्ता माझमा असाध्यै लोकप्रिय छ । जुन चामल अब हाइलाइफ ब्राण्डमार्फत नेपालमा भित्र्याएका छौं,’ पौडेलले भने ।

हाइलाइफले बासमती चामललाई तीनवटा प्रकारमा बजारमा उपलब्ध गराउने छ । अध्यक्ष पौडेलका अनुसार हाइलाइफ एक्स्ट्रा लङ्ग ग्रेन, हाइलाइफ पुलाउ र हाइलाइफ लो जी बासमती राइस क्याटागोरीमा बजारमा उपलब्ध हुनेछन् । तत्कालका लागि कम्पनीले १ केजी, ५ केजी र २० केजीको प्याकेजिङमा बासमती चामल बिक्री वितरण गर्ने उनले बताए ।

‘निकट भविष्यमा ग्राहकको चाहना तथा मागअनुरूप हामीले यसलाई १० केजी र १५ केजीको समेत प्याकेजिङ गर्नेछौं,’ पौडेलले भने ।
कम्पनीका अनुसार चामलको मूल्य प्रतिकेजी २२५ रुपैयाँदेखि २५० रुपैयाँ तोकेको छ । २० केजीको मूल्य भने ३ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।

कम्पनीले सबैभन्दा चर्चित ब्राण्ड चिउरासहित चोको प्लस, चोको फिल्स, कन्फ्लेक्स, सोया, मस्यौरा, बेसन, चिया, ओट्स लगायतका २० वटाभन्दा बढी प्रडक्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।