काठमाडौं । प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ११ जना संस्थपक सेयरधनी बाहिरिन लागेका हुन् ।
बैंकका अनुसार खिम बहादुर गुरुङले आफ्नो नाममा रहेको १० हजार २५६ कित्ता, निमानन्द खनालले ४५ हजार ६५९ कित्ता, इन्दिरा ढकालले ४७ हजार ८६ कित्ता, कृष्ण प्रसाद नेपाल उपाध्यायले १२ हजार कित्ता, किरण भक्ता श्रेष्ठले १ लाख ६० हजार ३७० कित्ता, अनिल भक्ता श्रेष्ठले १ लाख ७१ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
यस्तै, सुनिल भक्त श्रेष्ठले २ लाख ६२ हजार २०६ कित्ता, दिनेश भक्त श्रेष्ठले लाख ५९ हजार १८१ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, चांद शमशेर जबराले ९१ हजार २४७ कित्ता र किशोर कुमार महर्जनले २ लाख ५९ हजार ५९७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र खरिद नगरेमा अन्य सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।