मुक्तिनाथ म्युचुअल फण्ड-१ को ३.८० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई ३.८० प्रतिशत लाभांश घोषणा गरेको हो । 

साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । 

उक्त म्युचुअल फण्डकाृ कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक हो भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो ।  

Share News