साउन २९ गतेदेखि एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने भएको हो । 

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गरिनेछ ।

कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

Share News