मोरङ उद्योग व्यापार संघमा इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयकमा सात दिने तालिम सम्पन्न

काठमाडौं । इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।  

साउन १४ गते देखि २० गतेसम्म मोरङ उद्योग व्यापार संघमा सञ्चालित उक्त तालिममा विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोगामेबल लोजिक कन्ट्रोलर,मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरु र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक सीपहरू प्रशिक्षण गराइएको हो । 

तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मूलभूत उद्देश्य बमोजिम उद्योगरव्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध विषयका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।

सोही क्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरू उद्योगहरूका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरूले आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्युतसम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताए ।

संघका कार्यकारिणी सदस्य तथा संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलरामकुमार साहले आफुले तालिमबाट प्राप्त गरेको सीपहरू उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताए ।

मोरङ(सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूको  सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।

Share News