एलएस क्यापिटलले घोषणा गर्‍यो ३ वटा म्युचुअल फण्डको लाभांश, कुनको कति ?

काठमाडौं । लक्ष्मी सनराइज (एलएस) क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नती कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटीको लाभांश घोषणा गरेको हो ।

क्यापिटलले लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ काे असारमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको क्यापिटलले जनाएको छ ।

साथै खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय गरेको क्यापिटलले जनाएको छ ।

Share News