काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।