काठमाडौं । प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे काठमाडौंमा वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सञ्चालक समितिलाई तलब, भत्ता एवं अन्य सुविधा प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।