कजारियाको नयाँ शोरूम वीरगञ्जमा

काठमाडौं। कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्जमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस शोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा खानेपानीमन्त्री प्रदीप यादव, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति थियो ।

शोरुम वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित छ । 

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै कम्पनीले विभिन्न ठाउँमा शोरुम खोल्दै आइरहेको छ ।

कजारिया रामेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।

विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । 

null

Share News