काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ ।
आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको हो ।
सोमबार ३२५ कम्पनीको २ कम्पनीको १० अर्ब ८२ करोड रुपेयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, शिवभ् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बिमा ०.५०, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार २.८९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।
थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।