काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३ अंकले घटेर २८५८ बिन्दुमा झरेको छ ।
आज १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ ।
आइतबार ३१९ कम्पनीको ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टीलरीको ५८ करोड, शिवभ् सिमेन्टको ५५ करोड र न्यादी गुप्रको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेका छन् । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशतले घटेका छन् ।
आइतबार २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।