एनएमबि सरल बचत फण्ड-इ को ४.४७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि सरल बचत फण्ड-इ म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ४.२७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

Share News