खानीखोला हाइड्रोले भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । 

कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री गर्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

Share News