५.७५ प्रतिशत लाभांश बाँड्ने सानिमाको घोषणा

काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित खुद नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७५.७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लाभांश पारित गर्न कम्पनीले भदौ ४ गते बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

Share News