कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन, प्रिमियम टायल्स अब काभ्रेपलान्चोकमै उपलब्ध

काठमाडौ । कजारिया टायल्सले अब काभ्रेपलान्चोकमा पनि विस्तार गरेको छ । बनेपा नगरपालिका–८ उग्रचण्डी पेट्रोल पम्प पछाडि मार्भल प्यालेसद्वारा सञ्चालित अत्याधुनिक शोरूमको उद्घाटन एक समारोहबीच सम्पन्न भयो ।

शोरूमको उद्घाटन प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य तथा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो । कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी र समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले भने, 'कजारिया जस्तो अन्तर्राष्ट्रियस्तरको ब्रान्ड बनेपामा सञ्चालनमा आउनु हाम्रो नगरको लागि अवसर र गौरव दुवै हो । यो शोरूमले न केवल उच्चस्तरीय टाइल्स उपलब्ध गराउनेछ, बरु निर्माण क्षेत्रमै नवीनतम डिजाइन र प्रविधि भित्र्याएर स्थानीय बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ।'

कजारियाको यो नयाँ शोरूमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रदान गर्नेछ, जसमा ३ हजार भन्दा बढी आकर्षक डिजाइन विकल्पहरू उपलब्ध छन् । अत्याधुनिक प्रविधिबाट निर्मित यी टायल्स नेपालमै उत्पादन भएका हुन्, जसले उपभोक्तालाई गुणस्तरमा विश्वस्तरीय अनुभव दिने लक्ष्य लिएको छ ।

नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर कजारिया रमेश टाइल्स लिमिटेडले घरेलु उत्पादनमै नवप्रवर्तनको नयाँ इतिहास बनाएको छ । कम्पनीले आधुनिक डिजाइन्, दिगोपन, र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै निर्माण सामग्री उद्योगमा आफ्नो नेतृत्व बलियो बनाइरहेको छ ।

null

शोरूम उद्घाटनसँगै कजारियाले नेपालभर प्रिमियम टायल्स सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यमा थप एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।

Share News