काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।