शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले शुभ लक्ष्मी कोष म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १२ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नफाबाट करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो ।

साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन १६ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

Share News