काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ व्यवस्थित लगानी योजना (एसएसआइएस)का इकाईधीनहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् ।
क्यापिटलका अनुसार इकाइधनीहरुले लाभांश रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । साथै, उक्त योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।