काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो ।
प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ । अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ ।
चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले यो तालिका भने क्षणिक समयका लागि भएका जानकारी दिएको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि देशमा अघोषित लोडसेडिङ सुरु भएको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि शाक्यले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेर फेरि सर्वसाधारणलाई त्रसित बनाएका हुन् ।
उनले प्राधिकरणको नेतृत्व गरेपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार बढेको छ । उनले व्यवसायीलाई खुसी बनाएर लोडसेडिङ गरेको आरोप पनि उनीमाथि छ ।
उसो त उनले यसअघि लोडसेडिङ गर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले समय-समयमा प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरे पनि लोडसेडिङ नै गर्नु पर्ने अवस्था नरहेको बताउँदै आएका थिए ।
उनले प्राधिकरणको नेतृत्व गरेलगत्तै विद्युत् कटौती गरेपछि चौतर्फी रूपमा विरोध हुँदै आएको छ । त्यसको जवाफ दिँदै उनले यस्तो बताएका थिए । तर, उनी अहिले लोडसेडिङको तालिका नै सार्वजनिक गर्न बाध्य भएका हुन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यस्तो छ लोडसेडिङको तालिका
-नारायणी-माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ।
- मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म ।
-जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म ।
सम्बन्धित सामग्री :
अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो
लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर
उद्योगको लोडसेडिङ ५ घण्टामा झर्यो, उद्योगीले हितेन्द्रलाई बनाए बधाईका पात्र
हितेन्द्रले प्राधिकरणको ५ अर्ब बढी घाटा देखाएर बनाए १० अर्ब ऋण लिने योजना, यस्तो छ श्वेतपत्र
हितेन्द्रदेव शाक्य भन्छन्स् अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु
कुलमान र हितेन्द्र स् दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा