काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १४०.६३ प्रतिशत बढेर ५ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खराब कर्जा भने घटेको छ । अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२४ प्रतिशत घटेर १.५८ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो ।
समीक्षा वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत बढेर १३ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत बढेर १६ करोड ४२ लाख रुपैयाँ र सञ्चालन नाफा २०९.५९ प्रतिशत बढेर ७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ र जगेडा कोष १४२.५० प्रतिशत बढेर ८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष लघुवित्तको सापटी ५.२७ प्रतिशत बढेर १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ, निक्षेप ३२.२० प्रतिशत बढेर ४६ करोड १५ लाखअ रुपैयाँ र कर्जा लगानी १५.६७ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २४.४४ रुपैयाँ बढेर ४१.८१ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ ।