काठमाडौं । एक वर्षको अवधिमा ब्रोकर कम्पनीहरुले ४२ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार गर्न आर्थिक वर्ष २०८१/८२ मा ९२ वटा ब्रोकर कम्पनीले ४२ खर्ब १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका हुन् ।
नेप्सेका अनुसार गत वर्ष सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटीजले गरेको छ । कम्पनीले गत वर्ष २ खर्ब ५८ अर्ब रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १ खर्ब २९ अर्ब रुपैयाँको सेयर बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब रुपैयाँकै सेयर बिक्री गरेको छ ।
यस्तै, इम्पेरियल सेक्युरिटीज (४५)ले गत वर्ष ८३ अर्ब २१ करोड रुपैयाँको सेयर बिक्री र ८७ अर्ब ७ करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको नेप्सले जनाएको छ ।
भिजन सेक्युरिटीज(३४)ले ७९ अर्ब ७८ करोड रुपैयाँको सेयर बिक्री र ७७ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद गरी १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
शनि सेक्युरिटीज (४२)ले गत वर्ष ७२ अर्ब ५६ करोड रुपैयाँको सेयर बिक्री र ७२ अर्ब ७० करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ ।
यस्तै, अनलाइन सेक्युरिटिज (४९)ले ७० अर्ब ५९ करोड रुपैयाँको बिक्री र ६८ अर्ब ८८ करोड रुपैयाँको खरिद गरी कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेप्सेले जनाएको छ ।
यस्तै, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (५७)ले १ खर्ब २० अर्ब रुपैयाँ, डाइनामिक मनी म्यानेजर सेक्युरिटीज (४४)ले १ खर्ब १० अर्ब रुपैयाँ, दिपशिखा धितोपत्र करोबार कम्पनी (३८)ले १ खर्ब ३ अर्ब रुपैयाँ, एबीसी सेक्युरिटीज (१७)ले ९७ अर्ब ९२ करोड रुपैयाँ र श्रीहरि सेक्युरिटीज (५६)ले ८४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन् ।
सबैभन्दा कम कारोबार गर्नेमा मनि वर्ल्ड सेयर एक्सचेञ्ज (७३)ले गरेको छ । यस कम्पनीले गत वर्ष ५ करोड ५७ लाख रुपैयाँको सेयर बिक्री र ७ करोड १९ लाख रुपैयाँको सेयर खरिद गरी कुल १२ करोड ७६ लाख रुपैयाँको मात्रै सेयर खरिदबिक्री गरेका हुन् ।
यस्तै, पहि इन्भेष्टमेन्टले १९ करोड २८ लाखको बिक्री र २० करोड ९४ लाख रुपैयाँको खरिद खरिद गरी कुल ४० करोड २२ लाख रुपैयाँ बराबको सेयर कारोबार गरेको छ ।