सेयर बजारमा साढे १९ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९ सय ७८ बिन्दुमा पुगेको छ । 

आज ९८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार ३१९ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, शिवम् सिमेन्टको ७५ करोड, निफ्राको ६२ करोड, बुटवल पावर कम्पनीको ६२ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड रुपैयाँको कारोबार भएको छ । 

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, ग्रीन भेन्चर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News