काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
उक्त अवधिमा बिक्री नभएको २ लाख ९८ हजार ८३२ कित्ता सेयर भदौ साउन १४ गतेदेखि साउन २१ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर, वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सक्नेछन् ।