एनआरएनए क्यानडाको युवा संयोजक पदमा इन्जिनियर विवेक धिमालको उम्मेदवारी


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल (२०२५-२७) का लागि हुने निर्वाचनमा क्यानडाबाट इन्जिनियर विवेक धिमालले युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् ।

क्यानडामा सम्पूर्ण युवाहरूलाई प्रतिनिधित्व गरेर आफ्नो उम्मेदवारी दिएको उनले बताए । उनले पारदर्शी, समावेशी र नतिजा मूलक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘क्यानडामा रहेका सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने दृढ इच्छा शक्ति राख्छु, उनले भने, ‘यहाँ रहनुभएका सम्पूर्ण युवाहरूलाई एक आपसमा जोड्ने, सिक्ने, नेतृत्व गर्न प्रेरित गर्ने मेरो प्रतिबद्धता रहने छ ।’

नेपालमा हुँदा देखि नै समाजसेवीमा सक्रिय भएर लागेका धिमालले इन्जिनियरिङ पेशामा छाएको नकारात्मक राजनीतिकरणलाई हटाउनको लागि विशेष भूमिका खेलेका थिए ।

क्यानडामा पनि इन्जिनियर धिमालले सडक दुर्घटनामा परेका  नेपालीहरुलाई उद्धार तथा सहयोग गर्दै आएका छन् । त्यस्तै उनकै नेतृत्वमा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीले कर फाइल छुट पाएका छन् । 

क्यानडामा सबै दाजुभाइ दिदीबहिनी मिलेर नेटवर्किङ कार्यक्रम सेमिनारलगायत सामाजिक गतिविधि विकास गर्नको लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले यो भोट भोट मात्रै नभएर नयाँ पुस्ताको लागि नयाँ बाटो खोल्ने अवसर पनि रहेको बताए ।

एनआरएनए क्यानडाको युवा संयोजक पदमा जितेर सम्पूर्ण नेपालीहरुको मुहार फेर्न रुचाउने धिमालले आफुलाई भोट दिएर जिताउन अनुरोध गरेका छन् ।

 

 

 

 

Share News